जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका-८ स्थितबाट लागूऔषध गाँजा बरामद गरेको छ। 
असोज २ गते राती प्रदेश १-०२-००१ च १६६६ नम्बरको कार बाटोमा शङ्कास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाट खोलाबाट खटिएको प्रहरी टोलीले कारबाट १५ वटा बोरामा राखिएको ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको हो। 
गाँजा बरामद भएसँगै चालक र कारोबारमा संलग्नहरूको खोजतलास भइरहेको छ।