ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन्।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटका हुन्। भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए।

जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ। उनीहरूलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।