काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन्।
३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डङ्गोल महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरेकी हुन्।
‘सदैव यहाँहरूले बर्दी लगाएर फिल्डमा गइरहनु हुँदा खेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन। म संस्थाको प्रतिनिधित्व गर्छु। म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्। यो शुभकामना छ, यहाँहरू सबैलाई,' उनले भनिन्।
उहाँले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्नको लागी उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गरिन्।