नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटनगर आएका हुन्। उनको सचिवालयका अनुसार बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणबारे निर्देशन दिने कार्यक्रम रहेको छ।
बैठकलाई सम्बोधन गर्नुका साथै अध्यक्ष दाहालले प्रदेशका अन्य नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।