धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ–मुग्लिन सडक खुलेको छ।
बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो।
यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानी खोलामा रोकिएका थिए। तर अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ।