कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा नेपाल प्रेस यूनियनले उल्टो जुलुस निकालेको छ। आइतबार प्रदेशसभानजिकै देवकोटा चोकबाट यूनियनमा आबद्ध पत्रकारहरू मोरङ कारागार नजिकैको हाट खोलासम्म पुगेका थिए।
यूनियनका अध्यक्ष मीनकुमार श्रेष्ठले पत्रकारलाई दण्ड, सजाय र सञ्चार सामग्री प्रकाशन प्रसारण बन्द गराउने प्रावधान स्वीकार गर्न नसक्ने बताए।
'हुबहु पास भएर पत्रकार कारागारतर्फ लग्नुपर्छ भन्ने सन्देश दिन उल्टो जुलुस निकालेका हौँ,' श्रेष्ठले भने।