पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्।
भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अघि बढाउन लागेकी हुन्। बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ।
दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन्।
विद्याले २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन्।