नाडा अटो शोमा फ्लाइङ कार प्रदर्शन हुने भएको छ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको हो।
मंगलबार नाडा आटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धिले फ्लाइङ कार नेपाल ल्याउन लागेको बताएका हुन्।
चिनियाँ अटोमोबाइल कम्पनी चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने जनाइएको छ। नाडा अटोशोको मुख्य आकर्षणका रूपमा फ्लाइङ कार देख्न सकिनेछ।