भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ। 

सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बोडेको सिन्टिटार स्थित चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलाको प्यासेजमा फलामको डन्डीमा एउटै नाइलनको डोरी पासो लगाई झुण्डिएको अवस्थामा बिहीबार बिहान दुई दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।