झापा र सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। साउन ०२ गते दिउँसो साढे २ बजे झापाको अर्जुनधारा नगरपालिका-४ का ३५ बर्षीय दिपक पाण्डेले बिर्तामोड-२ स्थितमा बिजुलिको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको बि.एण्ड.सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका-६ की १८ बर्षीय स्मृती चौधरीले आफ्नै घरमा रहेको कल चलाउने क्रममा करेन्ट लागी मृत्यु भएको हो। घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ।