मोरङको सुन्दरहरैंचामा बालिका बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

बलात्कार आरोपमा सुन्दरहरैंचा नगरपालिका–७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका युवकमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।