मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर देउडा मार्फत साउने सङ्क्रान्ति मनाएका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने सङ्क्रान्ति मनाएका हुन्।
सङ्क्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने महिला देउडा टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो।
त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रीतिरिवाज, धर्म ,भेषभूषा,लोपमूलक रैथाने बालीको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।
यसैगरी पार्क वरिपरि हरियाली बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रवर्द्धन विकासमा टेवा पुगोस् भन्ने हिसाबले यहाँ पार्क निर्माण गरी छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए।