प्रथम यु–१९ युथ फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हिजो भएको फाइनल खेलमा बेलबारीले सिर्जनशील युवा क्लब, धनकुटालाई ३–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो।

खेलमा बेलबारीका लागि प्रशान्त बिकले दुई गोल गरे भने प्रयास मगरले थप एक गोल गरेका थिए भने सिर्जनशीलका लागि प्रतिक मगर र मिराज मगरले गोल गरेका थिए।

फाइनल खेलमा केही समय विवादपछि  रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै सिर्जनशीलले खेल खेल्न नमान्दा अन्तिममा बेलबारीलाई विजेता घोषणा गरिएको थियो।

फाइनल खेलमा विधागततर्फ उत्कृष्ट गोलरक्षक अजय परियार बन्दा उत्कृष्ट डिफेन्डर सुगम राई चुनिए र उत्कृष्ट मिडफिल्डर योहन्ना लिम्बु बन्दा उत्कृष्ट फरवार्ड प्रतिक मगर बने।

विजेता बनेको बेलबारीले उपाधिसहित नगद ४५ हजार हात पार्यो भने उपविजेता सिर्जनशीलले २५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो।