आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको  छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो।
बुधवार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।