नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन्।
उनले भने,‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर। यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ। असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ। भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस्।’
साथै उनले तत्काल मलको प्रबन्ध गर्न समेत आग्रह गरे।