ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्।

स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। छिमेकीले उनीहरूको उद्धार गरेका थिए।