साताको तेस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से परिसूचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ।
सोमबार ९.१९ अङ्कले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अङ्कले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो। नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ।
आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ। सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो।
सोमबार १.९५ अङ्कले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अङ्कले बढेको छ। आज फ्लोट इण्डेक्स पनि २.३६ अङ्कले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २।२७ अङ्कले बढेको छ।
यसदिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य १३६.७१ रुपैयाँले वृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी यस दिन धेरै कमाउनेमा वरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था पनि रहेका छन्।
यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ। यसको शेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात् १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यसैगरी यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैयाँ र २९.९७ रुपैयाँले घटेको छ। यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ।