बङ्गलादेशमा आउँदो जुलाई ११ देखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन्।
टोलीमा लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मिना देउवा, समीक्षा मगर छन्।
चार राष्ट्र मात्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिगमा खेलाइनेछ जहाँ पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ।
दोस्रो खेलमा नेपालले १३ जुलाईमा बङ्गलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलङ्कासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बङ्गलादेशसँग खेल्ने छ।
अन्तिम खेल पछि सबैभन्दा धेरै अङ्क ल्याउने टोली च्याम्पियन बन्नेछ।