राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
सदन, सडक र घर दैलोसम्म अभियान पुर्याउने रास्वपाको लक्ष्य छ ।