नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले एक विशेष कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरेको हो।
गीतमा पल र नीति रोमान्टिक देखिएका छन्। ‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको सङ्गीत, प्रमोद ढुङ्गानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ। गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ। यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदै छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन्।
चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ।
दिपेन बस्न्यातको छायाङ्कन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ।