काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन्। पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन्।

उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन्। यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन्। 

बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो।