आत्महत्या गर्छु भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ। चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले बताए।
३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए। हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी गराए। उनी मे २५ मा लुक्ला हुँदै नाम्चे बजारतर्फ गएका डीएसपी सिंहले बताए।
सोलुखुम्बुबाट काठमाडौँ ल्याएर प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ। हुवाङ गोक्यो स्थित थाङ्का इनमा बस्दै आएका थिए।