अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे।
रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार हात पारे। वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो तथा कृष्ण नेपाल र दिपेश श्रेष्ठ चौथो र पाँचौँ स्थानमा रहे।
महिलातर्फ पार्वती सुबेदीले ९३ स्कोरमा उपाधि सहुतगर्दै १० हजार ५ सय प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरका साथ दोस्रो र सुभानी भट्ट १०८ स्कोरमा तेस्रो भए। छैटौँ होलम होल-इन-वनको सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई ५ हजार प्रदान गरियो।
विदुर तामाङले दुई बर्डीसहित मोस्ट बर्डिज, कृष्ण सिंहले लङ्गेस्ट ड्राइभ र विजय तामाङले क्लोजेस्ट टु द पिनको उपाधि जिते।

विजेताहरूलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपालका अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरे।