नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो।
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार २१ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २१ सय ५० मा कारोबार भइरहेको छ।