आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। आज स्कटल्यान्डको डुन्डीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ निर्णय लिँदै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन्।
लिग–२ को जारी संस्करणमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ। नेपाली टिमले प्रतियोगितामा १२ खेल खेल्दा ६ अंकमात्र जोडेको छ। तालिकाको पुछारमा रहेको नेपालले हालसम्म दुई खेलमा मात्र जित निकालेको छ।
नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि आज पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।
तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १६ खेलबाट २० अंक जोडको छ।
स्कटल्यान्डमा आजैदेखि सुरु भएको त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन्।