बेलबारी नगरपालिकामा प्रथम उप-मेयर कप महिला वडा स्तरीय खुला भलिबल प्रतियोगिता २०८२ को  उद्घाटन गरिएको छ। उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरेका छन्।   खेलकुदको माध्यमबाट महिला सशक्तिकरण र वडाहरूबीच आपसी सहयोग तथा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद समितिका सदस्य तथा प्रथम उप-मेयर कप महिला वडा स्तरीय खुला भलिबल प्रतियोगिताका संयोजक कमल गुरुङले जानकारी दिए  ।

DSC08360

प्रतियोगिताको उद्घाटन खेल वडा नं. ३ र वडा नं. ८ बीच सम्पन्न भयो। खेलको पहिलो सेटमा वडा नं. ३ ले २५–७ को स्पष्ट अन्तरले विजय हासिल गर्दै बलियो सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि वडा नं. ३ ले आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्याउँदै २५–५ को सहज जित निकाली खेल दुई सेटमै आफ्नो पक्षमा पार्न सफल भयो।

DSC08368 1

उक्त खेलमा वडा नं. ३ को समन्वय र टीमवर्क विशेष रूपमा देखिएको थियो, जसले विपक्षी टोलीलाई दबाबमा राख्न सफल भयो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, खेलप्रेमी दर्शकहरू र विभिन्न वडाका टोलिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।DSC08379

प्रतियोगिता ३ दिन सम्म संचालन हुने जनाईएको छ।