राजावादीहरूले  हेटौँडामा विशाल रयाली निकालेर जनप्रदर्शनी गरेका छन्। राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रदर्शनीमा हजारौँको सहभागिता रहेको थियो। 
करिब १ हजार ५ सय बढी मोटरसाइकलमा १ सय बढी कारको समेत रयालीमा सहभागिता थियो।
हेटौँडाको सानोपोखरावाट दिउँसो ४ बजे सुरु भएको मोटरसाइकल रयाली ओम भवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो।
जनप्रदर्शनमा राजा ल्याऊ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संविधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रदर्शनले  हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो। हजारौँ मानिस सडकमा उत्रिएपछि हेर्नेहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।