जनमत नेतृत्वको मधेस प्रदेश सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको छ।
मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा गठन गरिएको सरकारमा सहभागी जनमत पार्टीकै वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ।
बिहीबार अबेर साँझ गरेको पुनर्गठनमा सञ्जय कुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरूलाई अबेर साँझ नै सपथ ग्रहण गराइएको छ। सपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार ग्रहण गरेका छन्।
बजेट ल्याउन १७ दिन मात्र बाँकी रहँदा मन्त्री फेरबदल गरेकोले मधेस प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पणी हुन लागेको छ।