मोरङको कानेपोखरीमा कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ।
कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो बेलबारीबाट झापातर्फ गइरहेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट बेलबारीतर्फ आउँदै गरेको विए ई १४०६ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटनामा परेको हो।
बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्र खड्काले चलाएका थिए। अर्को विए ई १४०६ नम्बरको कारमा झापा दमक–१ निवासी भेसराज श्रेष्ठ चालक थिए।उक्त गाडीमा प्रदेशसभा सदस्यहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल,मैया श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए।
दुर्घटनामा दुबै गाडीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए।