मोरङ र झापाबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ज्येष्ठ २ गते झापाको प्रहरी चौकी टाघनडुव्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-७ का २८ वर्षीय मोहमद अलीलाई ३३ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ती-४ का ३५ वर्षीय सागर खड्कालाई ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी-८ का २३ वर्षीय विवेक खड्कालाई प्रतिबन्धित औषधी १०० चक्की सहित नियन्त्रणमा लिएको छ।