राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन्।
उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाइँ चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन्।
उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नु छ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु। चल्या छ लडाइँ, दुई वटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस्। ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस्।’
साथै उनले अहिले नेपालमा दलीय करणको अभ्यास भइरहेको बताए। उनले गभर्नर एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे।