पोखरामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्। बुधबार ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुप नजिकै दुर्घटनामा परेको हो।
बस सडकबाट तल खसेको छ। वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।
उनका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।