मोरङको रतुवामाई नगरपालिका-३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना वृबृद्धाको मृत्यु भएको छ।
वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ वर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर विद्युत प्रवाह हुँदा करेन्ट लागी घाईते भएका थिए।
घाइते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानुनी प्रक्रिया भइरहेको छ।