बाजुराको बुढिगंगा नगरपालिका २ नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ। भवनको संविधानसभा सदस्य पेम्बा गुरुङ भोटेले गरेका हुन्।
उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए।
‘हाम्रो माग अब साकार बन्दै छ। बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई अघि बढाएको छ, त्यो अरु स्थानीय तहका लागि पनि उदाहरणीय छ।’
कार्यक्रममा संविधान सभा सदस्य गुरुङले सबै राजनीतिक दलहरूबिचको सहकार्य र स्थानीय जनप्रतिनिधिहिरूको साझा प्रयासले सम्भव भएको भन्दै आगामी दिनमा पनि यस्ता काममा निरन्तरता दिनुपर्ने बताए।
उनले स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, औषधी र उपकरणको समेत सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे।
‘भवन निर्माण गरेर सेवा प्रवाहमा गुणस्तर ल्याउने पहल गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ। यसले विकासको नयाँ ढोका खोल्नेछ। अब भवन मात्रै होइन, सेवा प्रवाहमा पनि उत्कृष्टता ल्याउनु आवश्यक छ। स्थानीय सरकार नागरिकसँग नजिकको सरकार हो, यसको जवाफदेहीता अझ बढ्नुपर्छ,’ उनले भने।

यसै क्रममा, नगरपालिकमा भित्रका २, ४, ५, ९ र १० नम्बर वडाका कार्यालयहरू, २ र १० नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, र बुढीगंगा सीप विकास तालिम केन्द्रको पनि औपचारिक उदघाटन गरिएको छ।