बेलबारी नगरपालिकाले एम्बुलेन्स सेवाको भाडा दर तोकेको छ। साथै, गर्भवती महिलाहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्राप्त गर्भवती जाँच कार्डको आधारमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

नगर प्रमुख दिल प्रसाद राईले जानकारी दिँदै भने, “गर्भवती महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा प्रदान गर्नका लागि नगरपालिकाले एम्बुलेन्स भाडामा विशेष छुट दिने व्यवस्था गरेको हो।” यस कदमले बेलबारी नगर क्षेत्रका महिलाहरूलाई स्वास्थ्य सेवा सहज र पहुँच योग्य हुने विश्वास नगरपालिकाले लिएको छ।