नगर सहकारी संजाल बेलबारीको आयोजनामा ६८औं सहकारी दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर सहकारी संजाल बेलबारीका अध्यक्ष दुर्गा गौतमले गरेका थिए।
दीप प्रज्वलनका क्रममा सहकारी आन्दोलनको महत्व र यसले जनजीवनमा ल्याएको सकारात्मक परिवर्तनको चर्चा गरिएको थियो । कार्यक्रममा स्थानीय सहकारी संस्थाका पदाधिकारी, सदस्य र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
सहकारी दिवसको अवसरमा सहकारी आन्दोलनको इतिहास र वर्तमान अवस्थाबारे विभिन्न विचार विमर्शका कार्यक्रम आयोजना गर्ने योजना पनि रहेको अध्यक्ष गौतमले जानकारी दिए। यस कार्यक्रमले सहकारीको महत्वलाई जनताको माझ पुर्याउने र यसको भविष्यलाई उज्जवल बनाउन सकारात्मक कदम चाल्नेमा बल दिइएको अध्यक्ष गौतमले बताए।नेपालमा भोलि चैत्र २० गते ६८औं सहकारी दिवस मनाउन लागिएको छ।