बेलबारी-३ स्थित लालिगुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलबारीको   पश्चिमी बस स्टेन्डमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान  कार्यक्रमको आयोजना बिहान ८ बजे देखि सुरु भएको थियो र नेपाल रेडक्रस सोसाइटी मोरङ बिराटनगरको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो। यस अवसरमा कुल ५१ प्रिन्ट रक्त संकलन गरिएको छ।IMG_9232

सस्थाका अध्यक्ष नारायण आचार्यले   सस्थाले  हरेक वर्षका जस्तै यस वर्ष पनि सामुदायिक सेवालाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व बहन गर्न यस रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । 

अध्यक्ष आचार्यले  सहकारी दिवसको अवसरमा यस प्रकारका सामाजिक सेवाहरूलाई निरन्तरता दिने र समुदायको भलाइका लागि यस्ता कार्यक्रमहरू बढाउने प्रतिबद्धता जनाएका छन्।IMG_9253

कार्यक्रममा स्थानीय बासिन्दा लगायत अन्य सहभागीहरूले रक्तदानमा उत्साहपूर्वक भाग लिएका थिए।