बेलबारी नगरपालिकामा दुईवटा नयाँ एम्बुलेन्स सञ्चालनका लागि आज बिहान पालिकामा आइपुगेको छ । बेलबारी वडा न ११का लागि मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल कुमार शर्माले एक एम्बुलेन्स प्रदान गरेका छन् भने अर्को एम्बुलेन्स बेलबारी नगरपालिकाले आफ्नै खर्चमा खरिद गरेको हो।
बेलबारी नगरपालिकामा पछिल्लो ६-७ महिनादेखि एम्बुलेन्सको अभाव थियो। यसले विशेष गरी बिरामीहरूलाई आकस्मिक सेवा प्राप्त गर्न कठिनाई भएको थियो। अब दुई एम्बुलेन्स थपिएपछि स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा गरिएको छ।
सांसद डा. सुनिल कुमार शर्माले जनताको स्वास्थ्य सेवामा सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको बताएका छन्। उता, बेलबारी नगरपालिकाले पनि नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।नयाँ एम्बुलेन्स सञ्चालनमा आएपछि बेलबारीका नगरवासीहरूले सहज रूपमा एम्बुलेन्स सेवा पाउनेछन्। बेलबारी नगरपालिकाको स्वास्थ्य सेवामा सुधार आउने विश्वास गरिएको छ ।