रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियु निर्वाचनमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाएका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थी सङ्गठनका माउ पार्टीहरूले युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको बताएका हुन्। 
उनले भने, ‘यति बेला स्ववियू चुनावको ताण्डव चलिरहेको छ। युवा विद्यार्थीहरु काटाकाट गरिरहेका छन्। दर्जनौँ क्याम्पस तालाबन्दी भएको छ। विद्यार्थी सङ्गठनका माउ पार्टीहरू विद्यार्थीलाई लडाउँदै, भिडाउँदै र उक्साउँदै छन्। युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिँदै छन्।’