त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मङ्गलवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय मातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्याम्पसमा कक्षा सञ्चालन) र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन्।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिचन्द्र कलेजमा नेविसंघले र सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।
सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।