चीनले शनिवार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ। रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः११ बजे प्रक्षेपण गरेको हो।
गाओजिङ ३०२ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको हो। जसले गर्दा रिमोट सेन्सिङ स्याटेलाइट अन्तरिक्षमा स्थापित भएको सीसीटीभीप्लसले जनाएको छ।
उक्त मिसनले तियानयान २३ उपग्रह पनि प्रक्षेपण गरेको छ। लङ मार्च शृङ्खलाका रकेटहरूको ५६४ औँ उडान मिसन हो।