तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको हो।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जीपी कोइराला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।