काठमाडौंको शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाको आश्रयस्थलमा टिपर छिर्दा ३ जनाको मृत्यु भएको छ।
आज बिहान ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई आश्रयस्थलको टहराभित्र छिरेपछि दुई बालबालिका र एक वृद्धको ज्यान गएको छ।
द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गर्दै आएको आश्रयस्थलमा ६१ जना आश्रित रहेको मध्यमा दुर्घटना भएको टहरामा १० जना बस्दै आएका थिए।