बाग्मती प्रदेशमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम(एमएसएस)मा सिन्धुपाल्चोकको चौतारा अस्पताल प्रथम र रामेछापको रामेछाप अस्पताल दोस्रो भएका छन्।
बाग्मती प्रदेशका ५० शैय्याका अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारी अस्पतालले १ सय अङ्कमा ९३ अङ्क प्राप्त गरी प्रथम भएको छ। न्यूनतम सेवा मापदण्डमा रामेछाप अस्पताल ८९ अङ्क प्राप्त गरी दोस्रो भएको छ। 
बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले गरेको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाबारे मापनमा पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा तेस्रो भएको छ। सो अस्पतालले ७२ अङ्क प्राप्त गरेको छ। 
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य मदन ज्ञवालीले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एसएमएस) अन्तर्गत गरिएको मूल्याङ्कनमा ती अस्पताल पहिलो, दोस्रो र तेस्रो भएका बताए। अस्पतालहरूमा गरिएको स्थलगत अनुगमनका आधारमा न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्था मापन गरिएको उनले जानकारी दिए।