महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य कलश यात्रा निकालिएको छ। बुधवार रहेको महाशिवरात्री पर्वको एक दिन पहिला (आज) जलेश्वरमा कलश यात्रा निकालिएको छ।
जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभा यात्रामा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरूसहित जलेश्वरवासीको उल्लेलनिय उपस्थिति रहेको थियो।
महोत्तरी, धनुषा र भारतबाट समेत श्रद्धालुहरू दर्शन गर्न आउने हुनाले नगरभरि सुरक्षा व्यवस्था कडा गरिएको छ। जलेश्वरनाथ महादेव मन्दिरमा पानी मुनी महादेवको लिङ्ग रहेको छ। दर्शनका लागि सेनाले लगातार पानी निकाल्ने गर्छन्। प्रत्येक वर्ष शिवरात्रीको दिन लाखौँ श्रद्धालुभत्तजन दर्शनका लागि आउने गर्छन्।