कलाकार जितु नेपाललाई मातृ शोक परेको छ। जितुकी आमा योगमाया नेपालको आज बिहान मृत्यु भएको हो।
उनी लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ। श्रद्धान्जली दिन ठूलो संख्यामा कलाकार पशुपति आर्यघाट पुगेका छन्।
योगमायाका सात सन्तानमध्ये जितु कान्छा छोरा हुन्।