ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाइड्रोपावरदेखि ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
मङ्गलवार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक ऊर्जाका विषयमा व्यापक रूपमा परिवर्तन गरेर समयानुकूल बनाउनुपर्ने बताएका हुन्।
उनले भने,‘हाइड्रोपावरदेखि लिएर ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यकता छ। हामीसँग ऊर्जा सुरक्षाका कुराहरू भएका छन्, त्यस कारण रिजर्भ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक ऊर्जाका विषयमा व्यापक रूपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ। यसले ग्रीन हाइड्रो ऊर्जा उत्पादन गर्ने ठुला ठुला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौँ।’
साथै ऊर्जाको क्षेत्रमा सबै देशहरूको सहयोग रहने समेत उनले विश्वास लिए। उनले ऊर्जा  क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए।