नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन्। 
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन्। 
विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड  झाकी तथा बाजाले स्वागत गरिएको थियो। माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन्।
चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए। यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा सङ्ग्रहालयको अवलोकन गरेका छन्। 
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ।
आज विभिन्न कार्यक्रममा  सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन्। पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ।