बेलबारीमा सातौं मेयर कप फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा नगर खेलकुद विकास समिति, बेलबारी नगरपालिकाको  आयोजनामा सातौँ सस्करणको सातौं मेयर कप फुटबल प्रतियोगिताको आयोजना हुनेभएको हो । माघ ८ गते देखि माघ  २६ गतेसम्म संचालन हुने छ। बेलबारी नगरका ३ वटा खेलमैदान बेलबारी –१०को भाउन्ने खेल मैदान ,बेलबारी–३को टुक्रे खेलमैदान र बेलबारी–८को एम्ब्रियो खेल मैदानखेल मैदानमा  बेलबारी नगरपालिकाको ११ वटै    वडाहरुको सहभागितामा लिग चरणमा प्रतियोगिता सञ्चालन हुने व्यवस्थापक  डम्बर बहादुर श्रेष्ठले जानकारी दिए  ।

प्रतियोगिताको संचालनको मुख्य उदेश्य बेलबारी नगरमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने,खेलको माध्यमबाट भाईचाराको विकास गर्ने,बेलबारीका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने,नगरको गरिमा उच्च बनाउने रहेको व्यवस्थापक   श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिता संचालन भरि   एक वार्डबाट २५ जना खेलाडीको नामावली नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित आउनु पर्ने ,स्क्वाड १८ जनामा ६ जना खेलाडी १९ वर्ष मुनिकाअनिवार्य , प्लेइङ ११ मा ३ जना खेलाडी १९ वर्ष मुनिकाअनिवार्य, १ खेल जितेमा ३ अंक र बराबरी खेलेमा १ अंक प्राप्त गर्ने ,अंक बराबर भएमा फिफाको नियमअनुसार गोलको आधारमा निर्णय हुने गोल पनि बराबर भएमा कार्डको आधारमा निर्णय गरिने कुनैपनि खेलमा निर्णायकको निर्णय नै अन्तिम हुने नियमहरु रहने व्यवस्थापक  श्रेष्ठले जानकारी दिए।  

प्रतियोगिताका बिजेताले प्रथम पुरस्कार नगत  रु १,११,१११ नगद, टफि, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छ भने उप–बिजेता दोश्रो पुरस्कार नगत  रु ५१,५५५ , ट्रफी , प्रमाणपत्र, मेडल प्राप्त गर्ने छ। प्रतियोगिताको फाइनलमा विधागत पुरस्कारमा नगत रु  १,०१,००० नगद, टफि, प्रमाणपत्र, मेडलको बजेट बिनियोजन गरिएको व्यवस्थापक  श्रेष्ठले जानकारी दिए।  

प्रत्येक टिमलाई १८ सेट जसी र मोजा साथै ३ वटा फुटबल उपलब्ध गराईने छ ।

(TIE-SHEET)

3X4=3pcs