मलेसियामा जारी आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ।

बङ्गलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जीतका लागि नेपालले दिएको ५३ रनको लक्ष्य भेट्टाएको छ। 

शनिबारको आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल मात्रै तयार पार्न सकेको थियो।

बङ्गलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ रन जोडिन्। सुमैया अक्तरले १२ रन जोड्दा अफिया अशिमा इरा ९ रनसहित अविजित रहिन्। जनातुल माउवा ५ रन बनाएर अविजित रहँदा सुमैया अक्तर सुबोमा ४ रन बनाएर पवेभेलियन फर्किएकी थिइन्। 

नेपालका लागि सिमाना केसी, पूजा महतो, रिया शर्मा र रचना चौधरीले समान १ विकेट लिए। नेपालले दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्ने छ।